बागलुङका उपल्लो भुभागमा तेस्रो पटक हिमपात

बागलुङ, १५ फाल्गुन
मंगलबार राति देखी जिल्लाका अधिकांस भागहरमा मेग गर्जान सहित पानी परेको थियो । यधपी बर्षा अझै रोकिएको छैन । उच्च पहाडी भुभागहरुमा पानि संगै हिउँ परेकाले जनजीवन प्रभावित बनेको छ ।


जिल्लाको काठेखोला गाउँपालिकाको विहुँ, रेश, भिमापोखरा, धम्जा, तंग्राम, बागलुङ नगरपालिकाको तितौरे, सिगाना, भकुण्डे, रायडाँडा, गल्कोट नगरपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिकाको उपल्लो पहाडी भेगमा बाक्लो हिउँ परेको छ ।


हिमपात भएका स्थानहरुको जनजिवन कष्ठकर बनेको छ । मंगलबार वेलुका देखी परेको हिमपात अझैपनि जारी रहदा जनजिवन कष्ठकर बनेको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।