
बागलुङ, १४ फागुन
नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ बागलुङ शाखाले शिवरात्रीको पावन अवसरमा भोली (फागुन १५ गते बुधवार) ‘‘महारात्री” नामक आध्यात्मिक साँझ कार्यक्रमको आयोजना गर्न लागेको छ ।
उक्त कार्यक्रमको लागि आज मंगलबार बागलुङ बजारमा १० देशका ३० जना भन्दा बढि कलाकार आईपुगेका छन् ।
नेपाली संस्कृती विदेशी प्रस्तुती मूल नारा रहेको कार्यक्रममा नेपालका स्वदेशी संस्कृती, रामायण, महाभारत, शिवरात्री आदिमा आधारित नाटक तथा नृत्यहरु प्रस्तुत गरिने आयोजकले जनाएकोछ ।

राष्ट्रको समग्र विकासमा धर्म, संस्कार तथा संस्कृतीको पनि अहम भुमिका हुने तथा धार्मिक पर्यटनका माध्यमबाट समाजको सकरात्मक प्रगति हुने कुरालाई आत्मसाथ गर्दै इस्कोनले यो कार्यक्रम आयोजना गर्न लागेको शाखाका अध्यक्ष परमेश्वर अच्युत दासले बताए ।
कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त गायक थानेश्वर गौतम लगायतका कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।
कालिगण्डकी फिल्म हलमा सिमित सिट क्षमतामा गर्न लागिएको उक्त कार्यक्रममा भाग लिनलाई सक्ने आयोजकले जनाएको छ । कार्यक्रम हेर्नको लागि आयोजकले एक हजार र ५ सय रुपैयाँको टिकटको व्यवस्था गरेको छ ।










