रेमिट्यान्सको सामाजिक पक्ष

देशमा रोजगारीको प्रसस्त अवसर नहुँदा नेपाली युवाहरु आफ्नो सामान्य जीवन गुजार गर्नको लागि पनि विदेश धाउनु पर्ने बाध्यता छ । लाखौँ युवा जनशक्ति घरपरिवारबाट विछोडिएर प्रदेशको भूमिमा रगतसँग पैसा साट्दै छन् । आफु र आफ्नो परिवारको जीविका सहज बनाउने सुन्दर सपना देखेर हजारौ युवा दैनिक विदेशिने गरेका छन । हुन त रेमिट्यान्सले धेरैको परिवारमा खुःसी पनि ल्याएको छ । सँगै रेमिट्यान्सको लागि विदेशमा पुगेका सबैलाई राम्रो भएको छैन । कोहीको परिवारनै उजार्डिको छ । वैदेशिक रोजगारीमा गएको सदस्यले घर पठाउने गरेको रकम एकातिर यसरी फजुल खर्च गरी उडाइँदै छ भने अर्कोतर्फ कतिपय विदेशबाट घर फर्कदा पारिवारिक अवस्था नै चिल्लीबिल्ली भएको, पठाएको सम्पत्ति मात्र होइन घर धान्ने विश्वास गरी छोडेकी श्रमिती नै अर्काकी हुन पुगी घर न घाटको अवस्थामा पुगेका घटना पनि समाजमा हुने गरेका छन् ।
नाबालक सन्तानको पालनपोषण र शिक्षादीक्षाको जिम्मा श्रीमानलाई दिएर बिदेसिएका श्रीमतीले पठाएको रकममा मोजमस्ती गर्ने, परस्त्रीसँगको हेलमेल र सम्पर्क बढाउनमै रकमको दुरुपयोग गर्न पछि नपर्ने, बालबच्चा र श्रीमान्को मायाममताले डो¥याई घर फर्की आउँदा आफ्नो श्रीमान् अर्कैको श्रीमानका रूपमा परिणत भइसकेको अवस्था देख्नुपर्दा विदेशी भूमिमा रगत पसिना बगाएर फर्केकी महिलाले कस्तो अनुभूति गर्लिन् ? कल्पना गर्नसम्म नसकिने यस्ता आश्चार्यजनक एवं हृदयविदारक घटना समाजमा देखा पर्दै छन् ।
यो वैदेशिक रोजगारले निम्त्याएको विकृति हो । यसैगरी घर व्यवहार सम्हाल्न छोडेको पुरुष मात्र होइन महिलाले पनि यस्तै दुरावस्था निम्त्याएका अनेकौं दृष्टान्त छन् । आधा पेट खाई, एकसरोलाई दिन रात विदेशी भूमिमा श्रममा खटिएर घर परिवारको पालनपोषणलाई नै सर्वोपरि कर्तव्य ठानी सञ्चित रकम घर पठाउने व्यक्ति फर्केर घर आउँदा आफूले पठाएको रकम मात्र होइन, भएको श्रीसम्पत्ति तथा आस्था विश्वासको केन्द्रबिन्दु मानेकी आफ्नै जीवनसाथी समेत पराई हुन पुगेको अवस्थामा पाउँदा त्यो श्रीमानको मनस्थिति कस्तो होला, सम्झँदा पनि आङ सिरिङ हुने यस्ता दुखान्त घटना पछिल्लो समयमा हाम्रै समाजमा देखिँदै गएका छन् । यस्ता क्रियाकलपले हाम्रो समाजलाई विकृत बनाउँदै लगेको छ । यस्ता अनैतिक गतिविधिलाई रोक्नु जरुरी छ । त्यसको लागि स्वयव्यक्ति सचेत हुनु त अनिवार्य छ । स्थानीय सरकारले पनि सचेतना मुलक कार्यक्रम संचालन गर्न आवश्यक देखिन्छ ।

 

 

२०७५ फागुन ६ गते प्रकाशित