बागलुङका थापा जापानमा कोपा पुमा टोरेरस प्रतियागिता खेल्ने खेलाडीमा छनौट

बागलुङ, २९ माघ ।
बागलुङ नगरपालिका वडा नम्बर १ का विविध थापा जापानको टोकियोमा हुने कोपा पुमा टोरेरस फुटबल प्रतियागितामा खेल्ने भएका छन् ।


कास्की जिल्ला फुटबल संघको संयोजन र जापानको फन रुट्स एकेडेमीको सहकार्यमा जापानमा हुने प्रतियोगितामा नेपालबाट १२ वर्षसम्म बालबालिकाले सहभागिता जनाउने टोलीमा थापा छनौट भएका हुन् ।
चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुल बागलुङको कक्षा ७ मा अध्ययनरत थापा बागलुङ जिल्ला फुटबल संघका उपाध्यक्ष विकास थापा र सदस्य रुविना थापाका जेठा छोरा हुन् ।
कास्की जिल्ला फुटबल संघले सोमबार प्रकाशित गरेको छनौट खेलाडीहरुको नामावलीमा बागलुङका विविर थापासँगै, कास्कीका सफल थापा, मकवानपुरका विनय तामाङ, काठमाडौंका एलेक्स पौडेल र विश्वास ओझा, रुपन्देहीका सरोज दर्लामी, स्याङ्जाका विशाल विक, म्याग्दीका विज्ञ गौचन, स्याङ्याजाक आर्यान गुरुङ, कास्कीका सविन नेपाली र गोर्खाका प्रकाश तामाङ रहेका छन् ।
टोलीको टिम प्रशिक्षकमा राजेन्द्र तामाङ रहेको कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

 

पछिल्लो समयमा बागलुङका खेलाडीहरुले उमेर समुहमा राष्ट्रिय टिममा समेत स्थान बनाउन सफल भएकमा छन् । बागलुङमा फुटबलको क्रेज बढेसँगै अहिले काठमाडौंमा भएको ए डिभिजन लिगमा बागलुङका आशिष केसी र अविशेक बोहोराले सहभागिता जनाएका थिएभने अहिले मोफसलको प्रतियोगितामा बागलुङका कमल थापा ए डिभिजन लिग विजेता मनाङ मस्याङ्दी क्लबमा सहभागि भएका छन् ।
बागलुङका खेलाडीहरुले एक पछि अर्को उपलब्धी खेलाडीहरुको खेल प्रतिको लगावका कारण प्राप्त भएको बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले बताउनुभयो । उहाँले अहिले जिल्लामा खेलाडीहरुको फुटबल प्रतिको लगाव बढ्दो रहेकाले राष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागिता जनाउने अवसर प्राप्त गरेको बताउनुभयो ।