आन्दोलनरत शिक्षकले बुझाए शिक्षा विकास कार्यालयमा ज्ञापनपत्र

बागलुङ, २७ पुस ।
माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुको हक र हितको लागि भन्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बागलुङमा ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
अन्य तहका शिक्षकहरुको लागि सरकारले आन्तरिक र खुल्ला दरबन्दीबाट शिक्षकहरु राखेपनि कक्षा ११ र १२ मा २०७१ सालमा २ हजार दरबन्दी र ४ हजार अनुदान कोटा बाहेक अहिलेसम्म कुनै वास्ता नगरेकाले देशभरका शिक्षकहरुले एकैपटक आन्दोलनको सुरुवात गरेको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल बागलुङका अध्यक्ष डिल्लीराज उपाध्यायले बताउनुभयो । उहाँले कक्षा ११ र १२ का शिक्षकहरुको लागि पनि अब खुल्ला र आन्तरिक दरबन्दीको व्यवस्था सहित ११ बुद्धे माग सहित ज्ञापनपत्र बुझाएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कुश्माराज पौडेललाई युनियनका स्थानिय संगटनका पदाधिकारीहरुले ज्ञापनपत्र बुझाएका थिए ।