‘पत्रकारले नियुक्ति पत्र लिएर काम गर्नुपर्छ’

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २७ पुस ।
संचार माध्यममा काम गर्ने पत्रकारहरुले नियुक्ति पत्र लिएर मात्रै काम गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रममा वक्ताहरुले धारणा राखेका छन् ।
सुचना केन्द्र पोखराकासंचार पोखराको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति बागलुङको संयोजनमा भएको संचार क्षेत्रमा बिद्यमान ऐन कानुन र नियम सम्बन्धि पत्रकार अन्तरक्रियाका वक्ताहरुले उक्त कुरा बताएका थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सुचना केन्द्र पोखराका प्रमुख तुलसी आचार्यले अहिले भएको ऐन कानुन नियमलाई पत्रकारले पालना गर्नुपर्ने बताए ।
जिल्लामा संचार माध्यम चलाउदा के कस्तो ऐन कानुन नियम अपनाउनुपर्छ पत्रकारको भुमिका के कस्तो हुनुपर्छ भन्ने बारे आचार्यले जानकारी गराएका थिए ।
अहिले संघियतामा देश गएपछि गण्डकी प्रदेशको प्रेस पास नबिकरण गर्ने बर्गिकृत बिज्ञापनको भुक्तानी समेत सहज रूपमा पाउने ब्यबस्था मिलाएको यसले गण्डकी प्रदेशको क्षेत्रका संचार माध्यम र संचारकर्मिलाईलाई फाइदा पुगेको समेत अचाार्यले बताए ।
कार्यक्रममा बिज्ञापन समानुपातिक बितरण प्रणाली सम्बन्धि निर्दशिका २०६९ अनुसार कार्यबिधि अनुसार कार्यबिधि बनाएर तत्काल लागू गर्नुपर्ने, संचार माध्यममा कार्यरत श्रमजीवी पत्रकारलाई नियुक्ति नलिइ काम लगाउने परिपाटीको अन्त्य हुनुपर्ने, संचारकर्मिलाइ ऐनअनुसार तोकिएको पारिश्रमिक उपलब्ध गराइनुपर्ने कुरा समेत अन्तर्किया कार्यक्रममा छलफल गरिएको थियो ।
कार्यक्रम नेपाल पत्रका महासंघ गण्डकी प्रदेशका सदस्य संगम घर्ती, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष बिजय राना, नेपाल पत्रकार महासंघका सल्लाहकार कोपिला कडेल, पत्रकार किरण आचार्य, पत्रकार नविन शिशिर, तारानाथ आचार्य, प्रदिप पन्त, सुबास गौतम लगायतका पत्रकारले सल्लाह र सुझाव राख्दै अहिले आएको सामाजिक संजालले पत्रकारलाई चुनौति आएको धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, स्वागत सहसचिव नवीन शिशिर बिक र संचालन सचिव राम थापा अबिरलले गरेका थिए ।