अस्पतालको शैयाबाट यि बृद्धको अपिलः सहयोग गरेर ज्यान बचाइदिनुस्

झक बिसि
मलेसिया, १९ पुस
आङ नै सिरिङ हुने यो तस्विर, हेर्दा मन थामेर हेर्नुहोला, जति पिडा तस्विर हेर्दा । हामीलाई हुन्छ त्यसको कयौँ गुणा पिडा खेप्न बाध्य छन एक वृद्ध । उनी हुन वर्षले ८३ पुगेका कालीगण्डकी गाउपालिका–६ लुङखानीका चक्र बहादुर पुन ।
उनी यति बेला खुट्टामा लागेको गहिरो चोटको चरणमा पिडामा छन । एकातिर बुढेकालको ज्यान अर्कातिर तिघ्रामा गहिरो चोट । चोट जति गहिरो र पिडादायि छ त्यो भन्दा अर्को पिडामा हो उनको उपचारको लागि आर्थिक समस्या ।
पुस ११ गते दिउसो गोठमा बाधेको भैसीलाई फुकाउनेक्रममा उनको तिघ्रामा भैसीले टेकेपछि गहिरो चोट लागेको हो । बुढेशकालको ज्यान, साहारा कसैको छैन, नत छोराछोरी, न त बलिया आफन्त ।
उनको ५८ वर्षिय एक छोरा त छन यम बहादुर पुन । तर उनको बुवाको उपचारको लागि रकम संकलन गर्न सक्ने अवस्थामा भने छैनन् । उनी भन्छन– मेरो संसारमा अरु कोही छैन, म बुवाको उपचार गर्न चाहान्छु । तर मसंग पैसा छैन । मन भावुक हुँदै उनी थप्छन देश विदेशबाट कसैले सहयोग गरिदिनुभयो भने उपचार गर्न हुन्थ्यो ।
आर्थिक अभावका कारण उपचारका गर्न नसक्ने भएपछि गाउले र छिमेकीको पहलमा केहि रकम संकलन गरेर पाल्पा मिशन अस्पतालमा उपचारत छन । हालसम्म १ लाख रुपैया भन्दा बढि रकम खर्च भईसकेको उनको आफन्तले जानकारी दिएका छन ।
थप उपचारमा करिव ३ लाख सम्म लाग्ने भएकाले उपचारार्थ सहयोगका लागि देश तथा विदेशमा रहने नेपाल दाजु भाई तथा आफन्तलाई सहयोग गर्न अपिल गरेका छन । सामान्य खर्च जुटाउन नसक्दा कसैको ज्यान नजोस् भन्ने हेतुले सहयोग गर्न अपिल गरिएको छ ।
वृद्धको उपचारको लागि एनआइसी बैंक बुटवलको खाता नम्वर १५१४३०४७०५५२४००१ मा रकम संकलन गरि पुनको उपचारमा हातेमालो गर्न गकिने छ । अझै विस्तृत जानकारीका लागि ऋषिराम पुन ९८५७०५९५३८ र देवेन्द्र पुन ९८०३११४४३९ मा सम्पर्क गर्न सकिेन छ ।