प्रथम भूपि पुरस्कार प्राध्यापक डाक्टर सुधा त्रिपाठीलाई प्रदान

76

बागलुङ, १० पुस ।
नेपालका चर्चित कवि भूपि शेरचनको ८४ औ जन्म जयन्तीको दिन धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले साहित्यकार डाक्टर सुधा त्रिपाठीलाई प्रथम भूपि पुरस्कार प्रदान गरेको छ ।
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले स्थापना गरेको भुपि पुरस्कार पहिलो पटक भूपिका कबिता ‘ब्यङ्ग्यालङ्कार चेतना’ अनुसुन्धान कृतिका लेखक प्राध्यापक डाक्टर सुधा त्रिपाठीलाई नगद १५ हजार सहित नेपाल संगित तथा नाट्य प्रज्ञाप्रतिष्ठानका निर्वतमान प्रज्ञा सरूभक्तले सम्मान गर्नुभएको थियो ।
पुरस्कार कोषलाई सहयोग गर्न कवि भुपि शेरचनाका धर्मपत्नी कान्ती शेरचन र छोरा समिरमान शेरचनले २ लाख रूपैयाँ प्रदान गरेको थियो । प्रतिष्ठानले कवि भुपि शेरचनको नाममा पुरस्कार कोष स्थापना गर्न बागलुङका साहित्यकार, कवि, लेखक, पत्रकार, ब्यबसायी संग आर्थिक सहयोग संकलन गरेर कोष स्थापना गरेको अध्यक्ष काजि रोशनले बताउनुभयो ।
कार्यक्रममा प्राज्ञ सरूभक्त, सम्मानित व्यक्ति डाक्टर सुधा त्रिपाठी, धौलागरि बहुमुखी क्याम्पसका हरिप्रसाद पाण्डे, तेजरत्न स्मृति पुरस्कार संस्थाका अध्यक्ष लालचन्द्र राजभण्डारी, ईन्द्र कुमार बिकल्प, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, कवि भुपि शेरचनको धर्मपत्नी कान्ति शेरचन, साहित्यकार ध्रुबलाल शर्मा लगायतले साहित्य समाज परिवर्तनको लागि लेखिनु पर्ने धारणा राख्नुभएको थियो ।
धौलागरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिस्ठ अधिबक्ता पध्म नाथ शर्मा र संचालन पत्रकार राम थापाले गरेको थियो ।
मुस्ताङ जिल्ला थाकटुकुचेमा बि.स. १९९२ सालमा जन्मेका कवि भुपि शेरचनको नयाँ झ्याउरे, निर्झन, घुम्ने मेचमाथी अन्धो मान्छे नामक कबिता संग्रह प्रकाशित भएपनि अहिलेसम्म घुम्ने मेचमाथि अन्धो मान्छे नै सबैभन्दा बढी चर्चामा रहेको छ ।