भीमापोखरा महिला सहकारीको साधारणसभा

बागलुङ, २१ असोज ।
काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सहकारीहरुले पछिल्लो समयमा बढ्दै गएको दुव्र्यसनी हटाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
थापाले शनिबार काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको भीमापोखरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभामा बोल्दै पछिल्लो समयमा युवाहरु दुव्र्यसनी तर्फ बढिरहेको अवस्थामा आमाहरुले आफ्ना बच्चाहरुलाई त्यसबाट टाढा राख्न र दुव्र्यसनी हटाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले आमाहरुलाई दुव्र्यसनीको बारेमा जानकारी गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, भीमापोखरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सल्लाहकार चन्द्रमणि उपाध्याय, समाजसेवी गोविन्द केसी, सहकारीकी जेष्ठ शेयर सदस्य खरिदेवी केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा संस्थाकी सचिव खीमाकुमारी शर्माले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्ति मल्ले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
सहकारीकी उपाध्यक्ष जमुना केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सं्रचालन सचिव खीमाकुमारी शर्मा र स्वागत ऋण उमितिकी संयोजक सविना गौतमले गर्नुभएको थियो ।
संस्थाले उक्त कार्यक्रममा ९ जना असल ऋणिलाई सम्मान गरेको थियो ।