निर्मलाहरू यसरी नै बलात्कृत भइरहनु पर्ने (कबिता)

68

बुढापाकाहरूले भन्थे यो सतीले
सरापेकाे देश हाे
यहाँ शक्ति र पहुँचमा जेजस्तो
घटना पनि लुक्छन छिपछन्
यहाँ दिनहुँ जसाे दर्जनौं
निर्मलाहरू बलात्कारकाे सिकार बन्छन्
हत्यारालाई कार्वाही गर्ने निकाय
अाफै हत्यारा बचाउदै हिड्छन्
पुर्‍याउनु पर्ने प्रमाण मेटाउदै हिडछन्
कति अचम्मको गणतन्त्र छ देशमा
राष्ट्रपति गुहारर्नु पर्छ यहाँ न्यायकाे लागि
छानबिन समितिमा बस्नेकाे सुरक्षा छैन
भन्दै राजीनामा दिनछन्
एक दुई जना बलात्कारी र हत्यारा जाेगाउन
अहिले सबै खालको शक्ति प्रयोग हुन्छ
देशमा इतिहासमै शक्तिशाली सरकार छ
नत जनताले न्याय पाउछन् नत निसाफ
न्यायकाे अान्दोलन गर्नुपर्छ यहाँ
गृहमन्त्री देखि प्रधानमन्त्रीसम्मले
अादेश दिदा समेत
अनुसन्धान २० काे १९ हुदैन
देश अहिले पनि दवाव र प्रभावमा
चलिरहेको छ
डिएनए गर्ने मै राजनीति छ
प्रत्येक दिन नयाँ नयाँ छानबिन समिति
बनिरहेको छ
प्रत्येक दिन नयाँ नयाँ घटना बाहिर
अाइरहेकाे छ
हाे देशमा दिनहुँ निर्मलाहरू
बलात्कार भइरहेका छन्
बलात्कार गर्नेहरू खुलेअाम
सरकार लाई चुनाैति दिन्छन्
सरकार ढाल्ने कुरा गर्छन्
सरकार निरहि बनेको छ
खै कता हराए मानवअधिकारबादी
चाहिने बिषयमा बाेल्दैन
नचाहिने बिषयमा बाेल्दै हिडछन्
हाे
अहिले देशमा जनताको सरकार छ
इतिहासकै शक्तिशाली सरकार छ
यहाँ अपराधीहरू खुलेअाम
निर्मलाहरू लाई बलात्कार गर्छन्
अनि हत्या गर्छन्
अनि समाजमा खुलेअाम हिड्छन्
हाम्रो सरकार अपराधीलाई कार्वाही हैन
तिनै लाई संरक्षण गर्न हिडछन्
हिजो पंचायत कालमा नमिता सुमिता
बलात्कृत नभएका हैनन्
उनिहरूकाे पक्षमा पनि अावाज उठेको थियो
हाे हिजो पनि शक्ति कै भरमा राेकियाे
बलात्कार गर्ने लाई कार्वाही भएन
हाे
अहिले साल मात्रै फेरिएको छ
घटना फेरि नयाँ रूपमा अाएकाे छ
देशमा जुनसुकै ब्यबस्था अाएपनि केही
फरक परेको छैन अपराीहरूलाइ
हाे
देशमा ब्यबस्था फेरिएको छ
तर अबस्था भने फेरिएकाे छैन

लेखक राजेशचन्द्र राजभण्डारी

बागलुङ

 

२०७५ भदौ २९ गते प्रकाशित ।