देश कसको हातमा छ (कबिता)

85
लेखक राजेशचन्द्र राजभण्डारी

राजेशचन्द्र राजभण्डारी
देश कसको हातमा छ
साच्चै आजकल यो प्रश्नको
जवाफ खोजिरहेको छु मैले
कहि कतै बाट जवाफ पाएको छैन
अनि फेरि प्रश्न माथि प्रश्न गर्न मन लाग्छ
सरकार कसको हातमा छ
गृहमन्त्री एकथोक भन्छ
म काम नगर्ने ठेकेदारलाई
कार्वाही गरेर देखाउछु भन्छ
यातायातको सेण्डिकेट
हटेको घोषणा गर्छ
तर यात्राको सकस कायमै छ
फेरि हाम्रो देशको अर्को मन्त्री
कुर्लेर भन्छ ठेकेदारलाई कार्वाही
गर्ने अधिकार गृहमन्त्री लाई छैन भन्छ
अचम्म भन्ने कि गाइजात्रा भन्ने
हाम्रो देशको सरकार कसको हातमा छ
धेरैले भन्छन् सरकार ठेकेदारको हातमा छ
सरकार अहिले पनि पुरानै माफियाको हातमा छ
अहिले पनि सरकार सुन तस्कर कै हातमा छ
३३ केजीमा गोरे काले खैरे समातिए
अनि खै मालिक समातिएको
हो अहिले पनि पुरानो रोग कायमै छ

छैन भनेर दाबी गर्न सक्ने आधार छैन सरकार संग
अहिले इतिहासकै शक्तिशाली सरकार
प्रत्येक मोर्चामा असफल छ
नत अगाडि बढ्न नै सक्छ
नत पछाडि नै हट्न सक्छ
नत माफियाको जालो नै तोड्न सक्छ
तेलको भाउ बढीरहेको छ देशमा
सरकारले रेल ल्याउने कुरा गर्छ
राजधानीमै जतिसुकै बेथिति छ
९ बर्षिय बालिका बलात्कृत हुन्छ
दिनदाहदै बालबालिका अपहरणमा पर्छन्
शान्ति सुरक्षा मात्रै किताबमा छ
देश कसको हातमा छ
जतासुकै यातायात जाम छ
सडक घाम लाग्दा धुलाम्मे छ
पानी पर्दा हिलाम्मे छ
जनताले जतिसुकै बोले पनि
नत सुनुवाइ हुन्छ
नत सुन्ने निकाय नै छ
म सोचिरहेको छु आजकल
देश कसको हातमा छ
सरकार कसको हातमा छ
हाम्रो देशको नेताहरू कसको हातमा छ

-बागलुङ

 

२०७५ भदौ ४ गते प्रकाशित