गजल

72

गल्ती गर्यो उस्ले, धन दौलतलाई आफ्नो सम्झियो
आफ्नै “आमा”लाई बेचिदियो, ‘बाबा’लाई बिर्सियो

जन्माऊ पियारी, फेरी अर्को “बुद्ध”लाईनै जन्माऊ
हाम्रो “देशमा”,सधै जहाँ पनि, हिटलरनै जन्मियो

‘खुशीमा’ सँगै हाँस्ने-रमाउने, सयौं थिए आफन्त
“दुख” पर्दा साथ दिने, एउटा “साथी” मात्रै थियो

छि! साच्चै फोहोर खेल हो, जालझेल हो राजनीति
लाग्छ मुसा बाघ भयो,चोरेर बाख्रा खान पल्कियो

‘दुख-पीडा’ले दुखायो “दिल”, थाम्नै सकिन “मैले
रुँदारुँदै-रुँदारुँदै “आँसु”को, “फेवाताल”नै भैदियो

©समर्पित बिमस
मोदी गाउँ पालिका-२
देउपुर पर्वत