
बनाई जिन्दगीलाई सधैंभर कठघरा जस्तो
रहर कसले बनायो खै यहाँ उड्ने चरा जस्तो
महासागर समेट्ने स्वप्न कसरी देख्न सक्थेँ म
बिधाताले बनाएको छ तक्दिर अंखरा जस्तो
मेरो गन्तब्य पुग्ने छ तिमी पुग्छौ जहाँ सम्म
तिमी आकाश जस्तै छौ छ मन मेरो धरा जस्तो
नजरको दोष होला कि असर यो प्यारको होला
बिना श्रिंगार कोही लाग्छ सुन्दर अप्सरा जस्तो
बनेको हो यहाँ माटो त्यही पल बाट मेरो दिल
कसैको फैलियो माया यो दिलमा जब जरा जस्तो
दिलु थापा मगर
गैँडाकोट , नवलपुर










