
अझैसम्म तागत छ यी पाखुरामा ।
झुकाएर झुक्दैन यो शिर पुरामा ।
सदा लट्ठ पार्ने तिनैका कुरामा ।
फगतमै भुले सुन्दरीमा सुरामा ।
सफा टल्किने हुन्छ नेपाल हाम्रो
खुले बुद्धिको द्वार तिम्रो जुरामा ।
कडक हुन्छ गर्दैन अन्याय उसले
सधैं न्याय मिल्नेछ तीखो छुरामा ।
कहाँबाट बन्ला कठै देश हाम्रो
सबै अल्झिएछन् यतै साँगुरामा ।
राम कँडेल अधीश
काठेखोला–५, बागलुङ










