एकता सहकारीको २० औँ स्थापना दिवसमा मोबाईल बैँकिङ सेवा शुभारम्भ

बागलुङ, ३२ असार
एकता सहकारी संस्था लिमिटेड बागलुङले संस्थाको २० औँ स्थापना दिवसका अवसरमा मोबाईल बैँकिङ सेवा शुभारम्भ गरेको छ । सहकारीले हरेक शेयर सदस्यलाई मोबाईलबाटै मौज्दात सोधपुछ, मिनी स्टेटमेन्ट, ब्यालेन्स ट्रान्सफर, मोबाईल रिचार्ज, पानी बिजुलीको बिल भुक्तानी एवं कार्डलेस एटिएम सेवा प्रदान गर्ने बताएको छ ।
कार्यक्रममा सांसद साबित्रा रानाले सहकारीले शेयर सदस्यहरुलाई दिने सेवा सुविधा बढाउदैँ लगेमात्र सदस्यको संख्या बृद्धि गर्न सकिने बताउनुभयो । सहकारीले ल्याएको नीतिले आगामी दिनमा समृद्धीको बाटोमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने भन्दै आर्थिक विकासको मेरुदण्डका रुपमा सहकारी रहेकाले सहकारीकर्मीहरुको हक हितका लागि पनि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गरिब तथा बिपन्त बर्गका समुदायको आर्थिक बृद्धिका लागि सहकारीले स्रहानिय कार्य गर्दै आएकाले आगामी दिनमा थप व्यवस्थापनका साथ सहकारी सञ्चालन गर्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक देबबहादुर श्रेष्ठ, पध्मचन्द्र राजभण्डारी, राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसी, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य संगम घर्ति मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा सहकारीले एप्लाष्टिक एनिमिया रोगबाट ग्रसित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष बिजय रानालाई २ हजार रुपैँया प्रदान गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष धुर्वप्रसाद शर्माको अध्यक्षता र सचिव महेश प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।