प्रदेश ४ : सभामुखको निर्वाचन फागुन ३ मा

35

पोखरा, २२ माघ ।
प्रदेश नं ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।
आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।
वाम गठबन्धनबीचको भागबण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउनेछन् ।