गजल

पसेको थियो जो दियालो भएर,
उही निस्किएको छ आगो भएर ।

निभेको शिखा के उदासी देखिन्थ्यो !
उदासी छु मनमै डढेलो भएर

सधैँ चोट चुपचाप भोग्नै रहेछ !
निकम्मा यही दिल अचानो भएर ।

कोही हैसियत बुझ्न सक्दैन आफ्नो
रहर दूधको गर्छ डोको भएर ।

केही छोड्नु केही लिनुरैछ जीवन !
म पानी भएँ ऊ अगुल्टो भएर

दिलु थापा मगर
गैंडाकोट नवलपरासी