
‘ज्युँनु’ समग्र रूपमा कर्तव्यको बहन हो ।
जित्दा “जितेँ”र हार्दा “हारेँ”को सन्तुलन हो ।
खोल्साहरू बेनामी बन्छन् समुद्र पुग्दा,
बाँच्दैन नाम गुणको अस्तित्व नै जीवन हो ।
उद्धार याचनामै मर्ने पीडित पनि छन्,
लाग्यो क्षमा नमिल्ने अपराध ‘प्रलोभन’ हो ।
दीक्षित भई रहन्छन् गतिलो जवाफ लेख्ने;
उत्तर दिएर प्रश्न सोध्यौ ! यो के चलन हो ?
सानो सुलभ सघाउलाई एकपल्ट सोच्नुपर्छ !
सित्तै मिलिरहेको यौटै कुरा “नमन” हो ।
© विनोद परिवर्तित










