
काठमाडौं, १३ मंसिर/ काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु २ ख २९१ नम्बरको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बिहान ९ः३० बजे बस त्रिशूलीमा नदीमा खसेको हो ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने पन्ध्र जना घाइते भएका छन् । घाइत पन्ध्रजनाको भरतपुर अस्पतालमा मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएलगत्तै डीएसपी शिव शर्मा आचार्यको टोली अहिले उद्धारका लागि घटनास्थल पुगेको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।









