मतपेटिकामा एशिड खसाउन खोज्ने एक महिला पक्राउ

रुकुम, मंसिर १०/ आठविसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मावि गतसैना (ख) केन्द्रमा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । समानुपातिकतर्फको मतपेटिकामा आगो लगाइएपछि मतदान केन्द्र बाहिर हल्ला खल्ला भएको र त्यसलाई निन्त्रयण गर्न प्रहरीले हवाई फायर गरेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले स्थिति नियन्त्रण गर्न एक राउण्ड हवाई फायर गरिएको बताए ।

त्यसैगरी आठविसकोट नगरपालिका– ३, को हिमालय मावि खदी मतदान केन्द्रको एक मत पेटिकमा एसिड खसाउन प्रयास गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही ठाउँकी ३६ बर्षीया रुपा विकलाई एशिड सखाउन प्रयास गरिरहेकै बेला बेला नियन्त्रणमा लिइएको डिएसपी राजेन्द्रप्रसाद धमलाले बताए ।