एसबीको ४ मुक्तक

मुक्तक १
जसलाई मैले सहयोग गरेँ मलाई सहयोग गर्दैन रे
उसको मात्रै समस्या रैछ मलाई समस्या पर्दैन रे
गुन गरेको तिमीलाई देख्दैनौ त मेरो भन्नु केही छैन
आखिर भन्छ मैंले फिर्ता नगरे तिम्रो दु:ख टर्दैन रे

मुक्तक २
दु:ख टरोस् नटरोस् पैसा फिर्ता गरिदेउन
मेरो पैसा काम चलाएँ अब गोजी भरिदेउन
व्याज पनि मैले मागेको होइन साँवा मात्रै
पठाईदिन्छु भन्दै आईएमईसम्म झरिदेउन

मुक्तक ३
एकोहोरो सहयोग गरुँ कतिन्जेल
पैसाको अभावमा मरुँ कतिन्जेल
समस्या पर्ला बुझ फिर्ता गर्नुपर्छ
माग्न तिमीसंग म झरुँ कतिन्जेल

मुक्तक ४
आश मार्न पनि त सक्दिन दु:खले कमाएँ
समस्या बुझि तिम्रो हातमा पैसा थमाएँ
दिदाँ सजिलो माग्दा नजाती हुनुपर्दो रैछ
बुझेर दिनुपर्थ्यो कति माग्नु आफै लजाएँ

सुनिल बोहोरा क्षत्री एसबी
गलकोट नगरपालिका ३ बागलुङ