आज २०७४ कार्तिक २८ गते मंगलवारको राशिफल

आज २०७४ साल कार्तिक २८ गते मंगलवार,
तदअनुसार नोभेम्बर १४, २०१७
तपाइको आज
मेष: आफ्नो क्षेत्रमा बर्चस्व बढाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।
वृष: भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू बिस्तारै हटेर जानेछन भने आम्दानी धेरै हुने योग छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।
मिथुन: कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । आर्थिक स्थरमा सुधार आउनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।
कर्कट: दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।
सिंह: रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मेहनत गरे धेरै काममा सफलता मिल्नेछ । शत्रुहरू किनारा लाग्नेछन । प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।
कन्या: आफ्ना योजना गोप्य राखेर अघि बढनुहोला । चुनौतीक बाबजुद काममा सफलता मिल्नेछ । दिन उत्साहपूर्ण रहनेछ । सुखद समाचार सुन्न पाइनेछ ।
तुला: व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । काममा परिवारको सहयोगले बढी फाइदा प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।
वृश्चिक: धेरैले तपाईंका कामको तारिफ गर्नेछन । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले सोचेका कामहरू पनि सजिलै बन्नेछन ।
धनु: पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । सन्तानले प्रसन्नता दिलाउनेछन ।
मकर: प्रेमको बन्धन कसिने बेला छ । पारिवारिक जीवन सुखद, समृद्ध बन्नेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ ।
कुम्भ: व्यापार ब्यबसायबाट राम्रै फाइदा हुनेछ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन । साथीभाईसंग रमाइलोमा समय बित्नेछ
मीन: स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।