
खवर वे सम्वददाता
बागलुङ, २७ कात्तिक ।
लोकप्रिय स्रजक प्रकाश पौडेलको नयाँ सागेतिक कोशेली ‘डाली सुकेर’ बजारमा आएको छ ।
लोक तथा दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल स्रजक पौडेल सांगेतिक यात्रालाई निरन्तरता दिनेक्रममा उक्त गीत बजारमा ल्याउनुभएको हो । पछिल्लो समयमा लोक गीतमा आउने विकृति विरुद्धमा लागि कला, संस्तृतिको संरक्षणमा समेत लाग्नुभएका पौडेलको उत्कृष्ट शव्द सृजनामा बहुचर्चित गायिका विष्णु माझी र गायक राम्झी खाणको सुमधुर आवाज रहेको उक्त गीतमा कलाकार कस्तुप पन्तको लय रहेको छ ।
कुमार केसीको निर्देशन,अजय रेग्मीको छाँयाङकन,प्रविन भट्टको सम्पादन तथा मञ्जुश्री फिल्मस्द्धारा दृश्य निर्माण गरिएको उक्त गीतको म्युजिक भिडियोको मुख्य अभिनयमा मञ्जिता केसी र सुमन सिलवाल देखिनुभएको छ ।
खवर वे अनलाइन संगको कुराकानीमा स्रजक पौडेलले पछिल्लो समयमा लोक गीतको मौलिकता हराउदैँ गएकाले यसको संरक्षण तथा प्रवद्धनमा लाग्ने हेतुका साथ उक्त गीत बजारमा ल्याएको बताउनुभयो । उहाँका बिहेको रन्को, मायाले के–के गरायो, ‘लेउ न रुमाल लेउ’,गण्डकी पौडेको, ‘एकोहोरो हुँदै थिए म’, दुई तिर भई जिउने, के ग¥यो र धनले ‘आशु झारी रहेँ’, ‘काली गंगा’ लगायतका दर्जनौँ गीत निकैँ चर्चित छन भने धेरै अवार्ड र सम्मान समेत प्राप्त गरिसक्नुभएको छ । सानै उमेर देखि लोकदोहोरी गाउन र सृजना गर्न माहिर पौडेलले लोक दोहोरी गीत विभिन्न मेला तथा महोत्सवमा हुने दोहोरी प्रतियोगिता समेत हात पार्नुभएको थियो ।
थप कुराकानीमा उहाँले– मेरा सवै गीतहरुलाई दर्शक स्रोताले मन पराइदिनुभएको छ , विश्वास छ यो गीतलाई पनि माया गरिदिनुहुनेछ पौडेलले भन्नुभयो ।‘एक पटक हेरेर,सुनेर सुझाव, सल्लाह अनि प्रतिक्रिया दिनको लागि दर्शक, स्रोतालाई अनुरोध समेत गर्नुभएको छ । भिडियोका लागि










