
आज ,छाती फुट्ला जसरी दुखेको छ
सायद अनर्थ हुन्छ ।
झिलिमिली आकाशे बत्तिहरु बल्दैनन्
बादलको क्यानभासमा अनेक आकृतिहरु देखिदैनन्
पहाडले आकाश सङ गाला जोड्दैन
सायद
पाखा भरी नफुलेका गुराँस ,भुइमा फुल्छ्न।
छिमेकि चिनेकी जस्ती छैन
न कवड्डि खेल्न केटाकेटिले कतै सिमाना बनाएकि
कतै पर्खाल लगाएकी
आफ्नै आकृति हेर्दा ऎना चर्किएको छ
सायद आज अनर्थ हुन्छ ।
न तिम्रा आफ्नालाइ घेरी रहेका छ्न कमिलाहरुले
आगो भरभराइ रहेछ
बिजुली जोड जोडले चम्की रहेछ
माटो रफ्तारले उडि रहेछ
न भुगोल निभ्ने हो
न पहाड आकाश बाट झर्ने हो
जोड-जोडले छाती दुखी रहेछ
सायद, आज अनर्थ हुन्छ ।
यदि केही भइ हाल्यो भने
मेरा सन्तानहरु के गर्लान् ?
उनिहरुले कुन इतिहास पढ्लान्?
उनिहरुको भुगोल कुन देखाइएला ?
उनिहरु कहाँका नागरिक होलान् ?
दुखाइ बढ्दै छ ,समय घट्दै छ
आउँ मेरा प्यारा बाच्चा-बच्ची हो
म तिमिहरुलाइ तिमिहरुको नाम ,ठेगाना बताउछु
मेरो अनुहार बनाउन सिकाउछु ।
~इश्वर कुमार










