प्रगतिशिल कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा

बागलुङ, २९ असोज
बागलुङको काठेखोला गाउँपािलका–६ मा सचालित प्रगतिशिल कृषि सहकारी संस्था विहुँ– ६ इनारपानीको चौथो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन वडा नम्बर ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै कँडेलले सहकारी मार्फत गरिवि न्युनिकरण गर्न सकिने बताउँदै सहकारी आफ्नो लक्ष्य अनुसार संचालन हुनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङका सल्लाहकार कोपिला कँडेल, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लेखा संयोजक मुक्तिराम कँडेल, मनोहर कँडेल, लिला ढुगाना, भुजुङ्गखोला सामुदायिक वनका अध्यक्ष देवीप्रसाद कँडेल, सेयर सदस्य सूर्यछवि विक लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सचिव धनपति कँडेलले प्रगतिप्रतिवेदन कोषाध्यक्ष टिकाराम कँडेलले आर्थिक प्रतिवेदन र लेखा संयोजक तिलकुमारी सापकोटा कँडेल लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष डिलाराम कँडेलको अध्यक्षता, उपाध्यक्ष सावित्रा कँडेलको स्वागत र धनपति कँडेलको संचालमा सम्पन्न भएको थियो ।