
मायाको अर्थ –
पानी परेको बेला ओत दिनु
घामलागेको बेला शितल बनिदिनु
हास्दा स्वर मिलाउने र
रुदा आँसु चुहाउने
यतिमा मात्र सिमित भयो भने,
मिराको प्रेम मिथ्या होइन भन्न सकिन्न ।
आकृतिको माया
फाइदालाई मात्र हुन्छ ।
जव नयाँ वस्तु किन्दा जति प्रेम हुन्छ
क्रमशः पुरानो हुँदै जादा अर्थशास्त्रको सिमान्त उपयोगिताको ह्रास नियम लागू हुँदै जादैन भन्न सकिन्न ।
यदि सौन्दर्य प्रेम कुरा गर्छौ भने
म तिम्रो कुनैपनी अंगलाई प्रेम गर्दिन
सलसल बग्ने तिम्रो केशरासिलाई प्रेम गर्दिन म ।
तिम्रा भर्खरै शीत परेका नरम गुलाबी ओठलाई पनि प्रेम गर्दिन म ,
सजिलै जो कोहि डुब्ने र डुबाउने नयनलाई प्रेम गर्दिन म ,
तिम्रा नितम्ब,तिम्रा गुप्ताङ्ग केही केहिलाई पनि प्रेम गर्दिन म ।
यदि त्यो दिन र त्यो अधिकार दियौ भने
म तिमिलाई न-छोइकन
न-हेरिकन
र न- बोलिकन
टाढाबाट प्रेम गर्छु,एकदमै टाढाबाट ।
र मेरो प्रेमयुगमा यस्तो दिन आउँछ प्रीया।
जुनदिन
ओ मेरी प्रेयसी,
तिम्रो भौतिक शरीर – कपाल हुँदै हत्केला,औला,तिघ्रा , पैतला नितम्ब,गुप्ताङ्ग,आँखा,मुटु र ओठ सबै सबै जलिरहेको हुन्छ ।
तवपनि म तिमिलाई निथ्रुक्क प्रेम गरिरहन्छु ।
हो म तिमिलाई प्रेम गरिरहन्छु । तिम्रो आत्मालाई प्रेम गरिरहन्छु ।
जुन आत्मा तिम्रो स्वीकृति बेगर नै जोडिसकेको थिए मेरो आत्मासंग ।
रुम्बा निसा
दक्षिणकाली नगरपालिका ४










