
१
पुरानै कोट लाउछु भन्छन यो दसैंमा बा’ले पनि।
पोहोर सालकै रातो सारी लाउछिन रे आमाले पनि।
मेरो पनि च्याङ्ग्रो काटी ठुलो बन्ने रहर छैन,
खुशी हुन्छिन् मेरी प्यारी बोइलर कुखुरा ले पनि।
२
गरीबको दु:ख पिडा मुना मदन मा देखेँ
भाग्यले ठगेको मैले सधैं निर्धन मा देखेँ
कानुन उसैको तर्फ जो छ खिलाफ उस्को
हिजो तारिखमा छुट्यो आज सदन मा देखेँ
अमृत क्षेत्री










