
नवीन शिशिर
बागलुङ, १६ साउन
‘लुपस’ रोगबाट ग्रस्त बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर– ४ तंग्रामका २४ बर्षिया बिष्णु श्रीस उपचारको क्रममा साउन तीन गते ग्राण्डि इन्टरनेशनल अस्पतालमा भर्ना भईन ।
श्रीसको स्वास्थ्य अवस्था अति नाजुक भएकाले दुई दिन आई.सि.युमा भर्ना गरियो । तेस्रो दिन अर्थात साउन ५ गते उनका कुनै पनि शारिरीक अंङ्गले काम गर्न छोडे ‘फूल अनकन्सेन्स’ अर्थात मृत्यु नजिक पुगेकी थिईन । उपचारमा संलग्न डाक्टरहरुले जीवित हुने झिनो आसाका परिवारलाई भेट्न बोलाए ।
भगवान भरोसाका साथ अनकन्सेस अवस्थामा पनि १८ घण्टा श्रीसलाई आ.ई.सी.युमा राखियो र जापानमा भएका श्रीमान प्रदिप थापा भेटनको लागि नेपाल फर्किए । गाउँमा रहेका आफ्न्त पनि भेटनको लागि काठमाण्डौ पुगे । भाग्यवस १८ घण्टा पनि उनको होस खुल्यो । परिवार र आफ्न्तमा खुसियाली थपियो ।
मृत्युलाई जीतेर उठेकी श्रीसको उपचारमा आर्थिक अभाव भएको छ । उपचारका लागि अहिलेसम्म २० लाख भन्दा बढी खर्च भएको र परिवारले उपचार खर्च पु¥याउन नसक्ने अवस्था सिर्जना भए पछि आफन्त शुभेच्छुकको पहलमा गठन गरिएको बिष्णु श्रीस पुन उपचार सहयोग समितिले सहयोगका लागि सबैलाई आग्रह गरेको हो ।
समितिले सोमबार बागलुङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरि ‘बिष्णु श्रीस पुन बचाउ अभियान थालिएको जानकारी दिदै उपचारमा सहयोग गरिदिन आग्रह गरेको छ । श्रीसको अहिले ग्राण्डि अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । कलकलाउदो उमेरमै लुपस रोगबाट प्रताडित बनेर जिवन मरणको दोसाधमा पुगे पछि सार्वजनिक रुपमा उपचारमा सहयोगका लागि अपिल गर्न बाध्य बनेको बिष्णुकी बहिनी देवि श्रीसले बताईन ।
‘हाम्रो चाहना सके सम्म सार्वजनिक रुपमा अपिल गर्न नपरोस् भन्नेमै थियो,’ उहाँले भनिन, ‘तर उपचारमा भएका पैसा, ऋण लिने ठाउँ समेत बाँकी नरहेकाले दिदीलाई बचाउन उपचारमा सहयोग गर्न सबैलाई आग्रह गर्न बाध्य भएका छौ, सबैको सहयोग प्राप्त हुने बिश्वासमा छौ ।’
सहयोग समितिले सहयोग अभियानका लागि नविल बैकंको बागलुङ शाखामा रकम जम्मा गर्न सक्ने बताएको छ । बैकंमा रहेको खाता नम्बर २७०१०१७५००५८२ मा सहयोगी मन भएकाहरुले रकम जम्मा गर्न सक्ने सहयोग समितिका सदस्य रेशम आलेले बताए ।










