
अर्जुन कार्की
बागलुङ, १२ साउन
बागलुङका दुई जना फुटबल खेलाडी नेपाल अन्डर १८ छनौटको प्रशिक्षणमा सहभागि भएका छन् ।
दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसीपको लागि बोलाईएको बन्द प्रशिक्षणमा बागलुङका निशान थापा मगर र आशिष केसी पर्न सफल भएका हुन् । दोस्रोे ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा सहभागिता जनाएका खेलाडीबाट ६४ जनालाई बन्द प्रशिक्षणमा बोलाईएको उक्त प्रशिक्षणमा पर्न सफल भएका हुन् ।
जिल्लामा अमर आदर्श स्पोर्टस क्लब र चिल्ड्रेन लाईफ स्पोर्टस क्लबबाट फुटबल खेल्दै आएका निशान थापा मगर र फ्युचर स्पोर्टस् क्लबबाट फुटबल खेल्दै आएका आशिष केसी पहिलो पटक ललित स्मृति प्रतियोगितामा फ्रेण्डस क्लबबाट खेलेका थिए ।
फ्रेण्डस क्लबलाई सेमिफाइनल सम्म पु¥याउन महत्वपूर्ण भुमिका खेलेका कप्तान निशान र डिफेण्डर आशिष नेपालको बन्द प्रशिक्षणमा पर्न सफल भएकोमा खुसी भएको बताएका छन् ।
जिल्लाबाट नै पहिलो पटक नेपालको यू १८ छनौटको बन्द प्रशिक्षणमा पर्दा धेरै खुसी लागेको छ– ‘थापा मगरले भने नेपाल यू–१८ मा छनौट हुनको लागि हामीले सक्दो प्रशिक्षण गरेका छौं ।’ ‘धेरै जिल्लाबाट राम्रो राम्रो खेलाडी साथीहरु आउनुभएको छ ।’ थापाले भने– त्यसैले हामीले अझै राम्रो खेलेर छनौट हुनुपर्ने रहेको बताउँदै सक्दो प्रशिक्षण गरिरहेको जानकारी दिए । दुवै जना खेलाडी डिफेण्डर हुन् ।
अहिले ६४ जनालाई प्रशिक्षण दिईता पनि अब ५, ६ दिनमो ३० जना खेलाडी छनौट गरिने र पछि खेलको लागि २३ जना खेलाडी छनोट गरिने छ ।
दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसीपको समूह चरण अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपाली युवा टिमले माल्दिभ्स र श्रीलंकासँग खेल्ने छ ।
यस्तै यू–१८ मा छनौट हुने खेलाडीहरुले अक्टोबर ३१ देखि ९ नोभेम्बरसम्म हुने यू–१९ च्याम्पियनसिप छनौट प्रतियोगिता पनि खेल्नेछन् । किर्गिस्तानले आयोजना गर्ने समुह ए को उक्त छनोट खेलहरुमा नेपालले किर्गिस्तान, ओमान, युएई र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।
बागलुङका खेलाडीले यस अगाडी अन्डर १४ सम्म छनौट प्रशिक्षणमा सहभागिता जनाए पनि अन्डर १८ को बन्द प्रशिक्षणमा सहभागिता जनाएको पहिलो पटक हो ।










