
नवीन शिशिर
बागलुङ, ९ साउन
बागलुङको बडिगार्ड गाउँपालिका वडा नम्बर–५ ग्वालीचौरमा सोमबार बिहान जीप दुर्घटना हुँदा चार जनाको घटना स्थलमा ज्यान भएको छ भने ६ जना घाईते भएका छन ।
जीप सडकदेखि करिब ८ सय मिटर तल खसेको थियो । बडिगार्ड गाउँपालिका–८ रणसिंहकिटेनीदेखि खर्वाङ्ग बजारको लागि छुटेको ध १ ज १८४ नम्बरको जीपअप जीप दुर्घटना हुँदा वडिगाड गाउँपालिका वडा नम्बर– ४ जलजलाका ४२ वर्षका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं–८ रणसिंहकिटेनीका ६० वर्षिय मुक्त पाइजा, सोही स्थानका ३६ वर्षिय नरबहादुर शेर्वुजा, र गाडि चालक जलजलाका ३५ वर्षका तुलबहादुर पुनको घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाईते हुनेमा मध्ये एकै घरका बालमति पाईजा उहाँकी छोरी दिपशिखा पाईजा, छोरा दिनेश पाईजा, सोही स्थानका टेकबहादुर पाईजा र जलजलाका भिमबहादुर श्रीस रहेका छन ।
घाईते मध्ये टेकबहादुर पाईजा र दिपशिखा पाईजाको अवस्था गम्भिर रहेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था गम्भिर भएकोले नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडांैंको ग्राण्डी अस्पतालमा उपचारको लागी पठाइएको छ ।










