कालिका भगवती गुठीद्वारा चार जना पत्रकार पुरस्कृत

बागलुङ, ७ साउन
कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङका ४ जना पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
कालिका भगवती गुठीको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा संचार क्षत्रवाट महत्वपूर्ण सहयोग पु¥याएको भन्दै ४ जना पत्रकारलाई सम्मान गरेको हो ।
गुठीले पत्रकार दिल शिरीष, प्रदिप पन्त, प्रकाश वराल र सुवास आचार्यलाई नगद ५ हजार सहित पुरस्कृत तथा सम्मान गरेको हो । उनिहरुलाई बागलुङ नगरपालिकाका मेयर जनक पौडेल र उपमेयर सुरेन्द्र खड्काले सम्मान तथा पुरस्कृत गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले पत्रकारीताको क्षेत्रवाट बागलुङलाई चिनाउनका लागि पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आगामि दिनमा पनि पत्रकारीताको मर्मलाई आत्मसाथ गरेर जिल्लाको बिकास र उत्थानका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका उपसचिव अर्जुन चोखाल, पत्रकार महासंघका सल्लाहकार कोपिला कँडेल, पत्रकार दिल शिरीष, प्रदिप पन्त, प्रकाश बराल र सुवास आचार्यले मंतव्य व्यक्त गर्नु भएको थियो ।
सम्मानित तथा पुरस्कृत पत्रकारहरुले सम्मानले आगामि दिनमा पत्रकारीता क्षेत्रमा लाग्नका लागि थप प्रेरणा प्रदान गरेको बताएका थिए ।
कार्यक्रम गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता, सदस्य सचिव एवँ मालपोत अधिकृत बिश्वनाथ शर्माको स्वागत र प्रेस संयोजक राजेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।