
बागलुङ, २५ असार
प्रशिद्ध बागलुङ कालीका भगवती मन्दिरलाई एक व्यक्तिले तीन रोपनी जग्गा दान गर्नुभएको छ ।
बागलुङ नगरपालिका–९ तित्याङ्ग निवासी २८ वर्षिय रुपा थापाले कुश्मा नगरपालिका–१ पाङ्गमा रहेको जग्गा मन्दिरलाइ दान गर्नुभएको हो । उक्त जग्गाका बजार मूल्य करिब ६ देखि ८ लाख रुपियाँ रहेको बताइएको छ ।
थापाले आफ्नो जग्गा कालीका भगवती गुठी व्यवस्थपन समितिकोे नाममा नामसरी गरी लालपूर्जा आईतबार कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकालाई ब्युटी पार्लर व्यवसायी रहनुभएकी थापाले धार्मिक तथा मानव सेवाको लागि प्रयोग गर्ने उद्देश्यका साथ जग्गा दान गरेको बताउनुभयो । जग्गा हस्तान्तरण पछि बोल्दै थापाले भन्नुभयो– यो जग्गा बाँझो बस्नु भएन कुनै नकुनै हितका लागि प्रयोग होस ।’
लालपूर्जा बुझदै भगवती गुठीका अध्यक्ष राजु खडकाले जग्गालाई मन्दिरको हित र मानवीय सेवाको लागि प्रयोग गरिने बताउनुभयो । खडकाले उक्त जग्गामा वृद्धाश्रम निर्माण गर्न सकिने संकेत गर्नुभएको छ ।
जग्गा दाता थापाले गुठीले एक कार्यक्रमको बीच सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पूर्विय दर्शनको पहिलो प्रथामिकता मानवीय सेवा र दान भएकाले यसलाई विकास गर्नुपर्ने बताउनुभएको थियो ।











