
बागलुङ, २४ असार
काठेखोला गाउँपालिकाले गाउँसभाको तयारी तिव्र पारेको छ ।
असार २८ गतेको लागि तोकिएको गाउँसभाको तयारी अन्तर्गत शुक्रबार गाउँपालिका अन्तर्गत रहेको विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आगमी आर्थिक वर्ष ०७४/०७५ को लागि बजेट तथा योजना तर्जुमा तयारी गर्ने उद्देश्य अनुरुप आयोजित कार्यक्रममा सहभागी प्रतिनिधिहरुले आगमी आर्थिक वर्ष गाउँपालिका संचालन हुने कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला वन कार्यालयका प्रतिनिधिले आगमी आर्थिक वर्षमा काठेखोला गाउँपालिका भिभत्र ४४ लाख ४५ हजार, जिल्ला जनस्वास्थ्य कार्यालयले २ करोड, गाजा डेभलप्मेन्ट फाउन्डेसको ७१ लाख ९० हजार ५ सय रुपियाँ बराबरको आर्थिक रहेको उल्लेख गरेका छन ।
कार्यक्रममा जिल्ला भूसंरक्षण कार्यालय, कृषि सेवा केन्द्र, पशुसेवा केन्द्र, डिसिआरडिसी, प्लान इन्टरनेसनल, सिवाईसी नेपाल, एनआईसी एसिया बैकका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको गाउँ कार्यपालिका सदस्य टिका संगम विकले जानकारी दिनुभयो ।
कार्यक्रम काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षता, कार्यकारी अधिकृत सितादेवी न्याौपानेको स्वागत र चुडा कार्कीको संचालनमा सम्पन्न भएको थियो ।










