
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरायसी काममा झमेला आउनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रशस्त धन आर्जन हुने समय छ । काममा विभिन्न अवसर आउनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा केहि चुनौतिको सामना गर्नुपर्नेछ । मेहनत गर्दा बिस्तारै काम बन्नेछन । पहिलेको लगानीले फाइदा दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बैदेशिक ब्यापारबाट प्रशस्त लाभ मिल्नेछ । मन खुसि रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काममा लगानी गर्ने अवसर मिल्नेछ । विदेश भ्रमणका लागि राम्रो योग रहेको छ । सोचे भन्दा धेरै खर्च बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरूलाई सजिलै हराउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ । स्वास्थ्य समस्याले सताउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
काम गर्ने हौसला र उत्साह बढ्नेछ । कामहरु सजिलै सम्पन्न हुनेछन । साझेदारी काममा भने उल्झन आउन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
थोरै आर्जनमा चित्त बुझाउनुपर्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आफन्तसंग मनमुटाब हुन सक्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । आफन्तसंग असमझदारी बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रयासहरु सकारात्मक रहनेछन । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । मन प्रसन्न रहनेछ ।
हाम्रो पात्रो अनलाइनबाट










