
महत्वपूर्ण काम सक्नुपर्ने समयमा कहिलेकाहीँ ल्यापटपमा ब्याट्री अन्तिम अवस्थामा पुगेको हुन्छ । काम तत्काल सक्नुपर्ने, तर ब्याट्री चार्ज गर्ने सुविधा नभएमा तनाव सिर्जना हुन्छ । यस्तो समयमा हामीले केही प्राविधिक पक्ष मिलाउन सके लामो समयसम्म ल्यापटपको ब्याट्री टिकाउन सकिन्छ । इमर्जेन्सीको वेला ल्यापटप ब्याट्रीको आयु बढाउने तरिकाबारे आइटी प्रशिक्षक सुदीप घिमिरेले दिएका टिप्स यस्ता छन् :
प्रायः इलेक्ट्रोनिक डिभाइस ल्यापटप, स्मार्टफोन वा ट्याबलेटको ब्याट्री धेरै समय टिकाउन कम ब्राइटनेसमा चलाउनुपर्छ ।
ल्यापटपमा एफएन की र ब्राइटनेस की थिचेर यसलाई घटाउन सकिन्छ । अथवा windows + X button थिच्ने र आएको मेनुबाट पावर अप्सन छनोट गरेर ब्राइटनेस घटाउन सकिन्छ ।
- ल्यापटपमा काम गर्दागर्दै अन्त अल्मलिनुप-यो भने ब्याट्री ड्रेन भइरहेको हुन्छ । यस्तो नहोस् भन्न ल्यापटप केही समय नचलाएको वेला स्क्रिन डिस्प्ले अफ वा स्लिप मोडमा राखेर ब्याट्रीको आयु बढाउन सकिन्छ ।
- यसका लागि विन्डोज अपरेटिङ सिस्टम भएको ल्यापटपमा एक्स बटन थिच्ने र आएको मेनुबाट पावर अप्सन चुज गर्ने । पावर सेभर अथवा ब्यालेन्स जुन अप्सन छ, त्यसको सेटिङमा गएर स्क्रिन डिस्प्ले अफ र पुट द कम्प्युटर स्लिपको सेटिङ मिलाएर सेभ गर्ने ।
- वाइफाई ब्लुटुथ अन हुँदा ब्याट्रीको पावर खपत गरिराखेको हुन्छ । । सकेसम्म बत्ती नभएको वेला वाइफाई ब्लुटुथ चलाउनु हुँदैन । यसलाई डिसेबल गर्न एफएन की र वाइफाईमा ब्लुटुथको स्याम्बलमा क्लिक गर्ने ।
- विन्डोजले विभिन्न पावर प्लान अप्सन दिएको हुन्छ त्यसमा पावर सेभ गर्ने । यसो गर्न windox + X press गर्ने पावर अप्सनमा गएर ब्यालेन्स र पावर सेभरमा पावर सेभर चुज गर्ने ।
- विन्डोज सेभेन र एटमा पावर ट्रोबलसुटिङ टुल इन्स्टल भएको हुन्छ । जसले अनावश्य ब्याट्री प्रयोग गरेको प्रोग्रामलाई फिक्स गर्छ ।
- यो सेटिङ मिलाउन कन्ट्रोल प्यानलमा जाने ट्रोबल सेटिङ अप्सन क्लिक गर्ने र भ्यु अलमा क्लिक गर्ने । पावरमा क्लिक (इन्स्ट्रक्सन फलो) गर्ने ।
- ल्यापटपलाई स्लिप मोडमा राख्दा त्यसले र्यामको ब्याट्री खपत गर्छ, तर यदि हामीले हाइबर्नेट ग-यौँ भने सिस्टम स्टेटहरू एचडिडीमा सेभ हुन्छ । यसले पावर पूर्णतया अफ हुन्छ । ल्यापटप केही घन्टापछि चलाउनु छ भने स्लिपको सट्टा हाइबर्नेट की प्रयोग गर्नुपर्छ ।
- सुदीप घिमिरे
आइटी प्रशिक्षक
डिआइटी सोलुसन, बागबजार