
बापगलु, १५ असार
केही समय अघिसम्म ठुलो मात्रामा बाहिरी जिल्लाबाट दुध आयात गर्न बाध्य बागलुङ जिल्ला अहिले दुध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्ला सदरमुकाम तथा ग्रामिण भेगका युवा र अन्य कृषकहरु व्यवसायीक रुपमा गाईभैसी पालनतर्फ आकर्षित भएपछि बागलुङ दुध उत्पादनमा आत्मनिर्भर बन्दै गएको हो ।
अहिले बागलुङमा वार्षिक २ हजार ४ सय ४४ मेक्ट्रिक टन दुध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय बागलुङका निमित्त प्रमुख निलकण्ड शर्माले जानकारी दिनुभयो । बागलुङ बजारमा सुख्खा याममा मात्रा वार्षिक ८ सय ५दुध खपत हुने गरेको छभने वर्षा याममा वार्षिक ३ सय ६५ मेक्टिक टन निर्यात हुने गरेको तथ्याक रहेको छ ।
सोही समयमा पोखराबाट दैनिक एक हजार दुधब जारमा खपत हुने गरेपनि सोही परिमाणको दुध बाहिरी जिल्लामा जाने गरेको कार्यालयले जनाएको छ । वार्षिक प्रतिव्यक्ति ९४ लिटर दुध आवश्यकता हुने भएकाले जिल्लामा प्रतिव्यक्ति ३ लिटर दुध अपुग रहेको छ । जिल्लालाई दुधमा आत्मनिर्भर बनाउनको लागि पशु सेवा कार्यालयले गोठ सुधार, फर्म सुधार जस्ता कार्यक्रम तथा अनुदानको रकम वितरण गर्ने योजना बनाएको छ ।
निमित्त प्रमुख शर्माका अनुसार चालु आर्थिक वर्ष जिल्लामा पाँच व्यवसायिक फर्मको लागि गोठ सुधार तथा गाईभैसी थपको लागि नगद १० लाख वितरण गरिएको छ । जिल्लाको नमुना दुध उत्पादक सहकारी संस्था, मिलिजुली दुग्ध उत्पादक सहकारी संस्था, मुलपानी दुग्ध उत्पादक सहकारी संस्था, बागलुङ पशु विकास स्रोत फर्म र कालीगण्डकी दुध उत्पादक सहकारी संस्थालाई यस वर्ष १० लाख अनुदान दिइएको छ । अनुदान पाउने सहकारीले कम्तीमा ५ गाई भैसी थप्नुपर्ने र दैनिक एक हजार लिटर दुध बेच्नुपर्ने हुन्छ ।
पश्चिम वुर्तिवाङ, खरवाङ तथा दक्षिण कुस्मिसेरा, दमेक, अमलाचौर लगायतका गाविसको दुध भौगोलिक बिकटताका कारण पायकपर्ने गुल्मी तथा पर्वतको कुस्मामा बिक्रिका लागि पठाउने गरिएको हुँदा बाहिरी जिल्लाबाट खपत गर्नुपरेको कार्यालयको भनाई छ । जिल्लाको सदरमुकाम, विहुँ, भीमापोखरा, हटिया, नरेठाँटी, मल्म, काँडेवास, बुर्तिवाङ्ग, कुश्मिसेरा, अमलाचौर, नारायणस्थान लगायतका गाविसलाई दुध उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरेको पशु सेवा कार्यालयको भनाई छ । दुध उत्पादनका लागि जिल्ला सदरमुकाम तथा ग्रामिण भेगामा उन्नत जातका ५ सय र स्थानीय जातका ७ हजार गाई पालन गरिएको छभने भैसी तर्फ ९ हजार उन्नत जात र २० हजार ७ सय ९४ स्थानीय गरी २९ हजार ७ सय ९४ भैसी पालन गरिएको छ ।
बागलुङको वूर्तिवाङ, खरबाङ, नगरपालिका, सिगाना, तित्याङ, भीमापोखरा, विहुँ, अमलाचौर लगायतका १० स्थानमा व्यवसायीक गाई फर्म संचालनमा रहेका छन् । यस्तै कुस्मीसेरा, बिहुँ, नारायणस्थान लगायतका गाविसमा व्यवसाय उन्मुख गाई फर्म सञ्चालित छन् । १० वटा भन्दा बढी गाई÷भैसी पालन गर्ने फर्मलाई व्यवसायीक भनिन्छ भने ५ भन्दा बढी १० भन्दा कम संख्यामा गाई÷भैसी पाल्ने फर्मलाई व्यवसायीक उन्मुख फर्मको रुपमा लिइने गरिएको छ । दुध उत्पादनका गाईको जाततर्फ जर्सी तथा स्थानीय उन्नत गाई प्रयोग गरिएको छभने भैसी प्रजातीमा मुर्रा क्रस र स्थानीय उन्नत जातलाई प्रयोग गरिएको छ ।










