
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो काममा बर्चस्व बढाउन सकिनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्य कमजोर रहनाले सोचेको काम गर्न सकिनेछैन । पारिवारिक सहयोग मिल्नेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सोचेको आटेको काममा सफलता मिल्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । काममा केहि चुनौतिको सामना गर्नुपर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो समयदेखि रोकिएका अधुरा कामहरु सफल हुनेछन । सामाजिक मानसम्मान मिल्नेछ तर शत्रुहरुबाट बच्ने प्रयास गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रुहरुबाट छुटकारा मिल्नेछ । घरायसी काममा रुची बढ्नेछ । पारिवारिक दायित्व बढ्नेछ । साझेदारी काममा भने झमेला बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका अधुरा काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रियजनको सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिश्वास गरेकाले साथ दिनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । नयाँ काम शुरुवात गर्ने मौका मिल्नेछ । मन प्रसन्न रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मनोरञ्जनमा सुरुको समय बित्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । अचानक स्वास्थ्यमा समस्या आउदा खर्च बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रयासहरु सकारात्मक रहनेछन । सोचेको काम सफल हुनेछ भने आम्दानीका श्रोतहरु बढ्नेछन । घरायसी झमेला बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रयाश गरेको कामहरु सफल हुनेछन । लामो समयपछि साथीभाईसंग भेटघाट हुँदा मन खुसि रहनेछ । परिवारसंग मनमुटाब हुन सक्छ ।
हाम्रो पात्रो अनलाईनबाट साभार ।









