२०७४ असार ६ गते मंगलबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । मनग्य धन कमाउने अवसर मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पहिलेका समस्याको समाधान हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । साझेदारी ब्यबसायमा झमेला आउने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पढाईको लागि विदेश जाने मौका मिल्नेछ । पतिपत्नीमा केही असमझदारी बढ्न सक्छ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मन प्रसन्न रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा केहि चुनौतिको सामना गर्नुपर्नेछ । पढाइको लागि विदेश जाने मौका मिल्नेछ । व्यावसायिक काममा फाइदा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बिग्रिएको सम्बन्धलाइ सुधार्ने मौका मिल्नेछ । रमाइलोमा समय बित्नेछ भने खर्च पनि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा सुधार आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । लेनदेनको विवादले हानि पुर्याउन सक्छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनग्य धन कमाउने अवसर मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्नेछ । आफन्तको सहयोग मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रयासहरु सकारात्मक रहनेछन । नयाँ काम संचालन गर्ने मौका मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बौद्धिक काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । दाम्पत्य जीबनमा खटपट आउने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सोचेको आटेको काममा सफलता मिल्नेछ । आफन्तको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । पेट सम्बन्धि समस्याले सताउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रियजनको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन ।