मुसलधारे झरि संगै राजेश वर्देवा र तुलसा जिसीको दमदार प्रस्तुति

बागलुङ,८ जेष्ठ
कलाकार राजेश वर्देवा र तुलासा जिसीले बागलुङको पालामा धमकेदार सांगितिक प्रस्तुति दिएका छन ।
लोक गीत संगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल गायक राजेश वर्देवा र गायिका तुलासा जिसीले काठेखोला गाउपालिका वठा नम्वर १ पालामा आयोजित एक कार्यक्रममा उनीहरुको सांगितिक प्रस्तुति दिएका हुन ।
मिलिजुलि सामुदायिक युवा क्लव पालाको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजना गरिएका सांस्कृतिक कार्यक्रममा क्रममा निकै आकर्षित प्रस्तुति राखेका थिए ।
पानीको वर्षात संगै नत गायक वर्देवा लाई कुनै असर ग¥यो नत गायिका जिसीलाई नत कुनै भिजेको महशुस गरे दर्शकहरुले । आकाशबाट वर्षिएको मुशलधारे पानी गति संगै सांगितिक दर्शकहरुपनि हर्षित हुँदै नाँचेका थिए । क्लवको प्रथम वार्षिक उत्सव मुल समारोहको मुख्य आकर्षकका रुपमा रहेका कलाकारहर वर्देवा र जिसीले साँच्चिकै दर्शकहरुको मन जिते छन ।
पछिल्लो समयमा दर्शक अनि स्रोताहरुले बढि रुचाइएका साथै मेला तथा महोत्सवमा दमदार प्रस्तुति दिने मध्येका कलाकार राजेश वर्देवाले बागलुङ घुम्न जाउ हिँड चैते दशै मेला, गीतार बजाइदेउ, आमालाई बुहारी, असिना पानी लगायतका गीतबाट दर्शक संगै रमेका थिए ।


  • नेपालका धेरै मेला तथा महोत्सवहरुमा देखिने अनुहार मध्येकी गायिका तुलसा जिसीले जाम झोला बोकेर, रत्यौली गीत, पञ्चे वाजा, रोइला लगायत फरक फरक विधाका गीतबाट दर्शक हरुलाई नचाएकी थिइन । 

सोही अवसरमा कलाकार कै रुपमा उक्त कार्यक्रममा उपस्थित भएका संचारकर्मी विक्रम सुनारले पनि आफ्नो प्रस्तुति दिएका थिए।

 
मौसमले सोचे जस्तो साथ नदिएपनि भगवान रुपि दर्शकहरुले अत्याधिक साथ दिएकोमा उनीहरुले खुशि हुँदै धन्यवाद समेत व्यक्त गरेका छन ।