गजल-अनयास

अव जीवनलाई एउटा धारमा लानु छ
साँच्ची आफैलाई शुन्दर आकारमा लानु छ

हिजो बा ले ऋृण गरी शहर पठाएका थिए
आज त्यो जीम्मेवारी मेरो भारमा लानु छ

केहि गर देशको लागि भन्दै छन् आमा
मैले पनि त्यो कुरालाई बिचारमा लानु छ

भोकै बसेका जन्तालाई नेताले हेर्दै हेरेनन्
त्यो समस्या तत्काल समाचारमा लानु छ

बाबुनानि पुस्तक नपाएर स्कृल जानै पाएका छैनन्
भन्दै छन् जनता यो गुनासो सरकारमा लानु छ

रामकृष्ण अनयास