
बागलुङ, ४ बैशाख
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले महासंघका पूर्व अध्यक्ष नारायणदत्त कंडेललाई सोमवार स्वागत गरेको छ ।
लामो समय बागलुङमा पत्रकारिता गरि हाल युकेमा कार्यरत रहनुभएका कंडेललाई महासंघले स्वागत सहित जिल्लाको पत्रकारिता र महासंघको संस्थागत विकासबारे अन्र्तक्रिया समेत गरेको हो ।
सो अवसरमा बोल्दै तत्कालिन महासंघका धौलागिरी शाखाका अध्यक्ष बन्नुभएका कंडेलले आँफु जिल्लाको पत्रकारितामा क्रियाशिल रहँदा धेरै कठिन अवस्था रहे पनि अहिले भने व्यवसायिक पत्रकारिताको अभ्यास सुखद र सकरात्मक रहेको बताउनुभयो ।
उहाँले महासंघको संस्थागत विकासमा आँफु सदैव साथ रहेको भन्दै महासंघको भवन निर्माणका लागि ६० हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो । ‘महासंघको अभियानमा यो मेरो सानो सहयोग मात्र हो,’ उहाँले भन्नुभयो, ‘म पूर्व अध्यक्षका हिसावले युरोपका देशका साथै अन्य स्थानमा पनि के गर्न सकिन्छ, म सक्दो सहयोग संकलनका लागि समन्वय गर्नेछु ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जिल्लाको पत्रकारिता र महासंघको संस्थागत विकास, भवन निर्माण अभियानमा भएको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष रामबहादुर जिसी, निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकारद्धय ज्ञानेन्द्र गौतम, कोपिला कंडेल लगायतले जिल्लाको पत्रकारिता र महासंघको संस्थागत विकासका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रम महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षता, उपाध्यक्ष नरेश कंडेलको स्वागत र सचिव राम थापा ‘अविरल’को सञ्चालनमा सम्पन्न भएको थियो ।










