
बागलुङ, ३१ चैत्र
बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको लागि नेकपा एमाले ताराखोला गाउँपालिकाले आफ्नो उमेदवारको टुङ्गो लगाएको छ ।
गाउँपालिका संमन्वय कमिटीको बैठकले गाउँपालिका अध्यक्षको उमेदवारको रुपमा संञ्जय श्रेष्ठलाई सिफारिस गरेको छ । बैठकले हिरादेवी घर्तीलाई गाउँपालिका उपाध्यक्षको उमेदवार बनाउने निर्णय गरेको बताइएको छ ।
ताराखोला गाउँपालिकाको विभिन्न वडामा भएकाले भेलाले सम्भावित उमेदवारहरुको नामावली सिफारिस गरेको गाउँपालिका समन्वय कमिटीका संयोजक संञ्जय श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर एकको अध्यक्षमा लालमणी श्रीस महिला सदस्य चन्द्रकली घर्ती, दलित महिला खरिमाया विक, होमबहादुर रोका, टेकबहादुर श्रीसलाई उमेदवार बनाउने निर्णय भएको छ ।
वडा २ को अध्यक्षमा हर्कबहादुर रोका दलित महिलामा पत्रिका दमाई, सदस्यमा गीताकुमारी रोका, पदमबहादुर खत्री, गजेन्द्र्र घर्ती, वडा नम्बर ३ मा अध्यक्ष्ः खडकबहादुर कार्की, मनबहादुर लामिछाने, महिला सदस्य पूर्णमाया रोका, दलित महिलमा भविमाया विक, सदस्यमा छमबहादुर थापा, भीमबहादुर बगाले, भीमबहादुर कामी रहनुभएको छ ।
त्स्तै वडा नम्बर ४ को. अध्यक्षमा प्रकाश चालिसे, महिला सदस्यमा रत्नकली खत्री, दलित महिलामा टिका विक, सदस्य रामबहादुर थापा, मनबहादुर थापा र भविलाल विकलाई उमेवार बनाउने निर्णय भएको छ ।
वडा नम्बर ५ को अध्यक्षमा जयलाल गैरे, धनप्रसाद बुढामगर, महिला सदस्य हिरादेवी घर्ती, दलित महिलामा संगीता दर्जी, सदस्यहरुमा ओमप्रसाद कडेल, चण्डीश्वर कँडेल, यामलाल कँडेल, दिर्घबहादुर घर्तीको नाम सिफारिस भएको श्रेष्ठले बताउनुभयो ।










