राष्ट्रिय निर्वाचन परिवेक्षण समिति बागलुङको अध्यक्ष– शिरीष

बागलुङ, २८ चैत्र
राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति बागलुङ शाखाको पुर्नगठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखका अध्यक्ष दिल शिरिषको अध्यक्षता १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
स्थानीय तहको निर्वाचन नजिकीदै जादाँ निर्वाचनमा मतदान अघि, मतदानको क्रममा र मतादन पछिको अवस्थाका बारेमा सुक्ष्म तरिकाले अनुगमन गर्नका लागि समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा उषा पौडेल, सचिव सावित्रा खडका, कोषाध्यक्ष शोभा काउचा र सहसचिव विक्रम सुनार रहनुभएको छ । त्यस्तै निवर्तमान अध्यक्षद्धय राम शर्मा र निरञ्जन राजभण्डारी सल्लाहकारमा चयन गरिएको छ ।