यस्तो रहेछ विन्डोज एक्सपीमा देखिने यो वालपेपरको रहस्य

कम्प्युटरको पुराना प्रयोगकर्ता हुनुहुन्छ भने यो फोटोले तपाईलाई बिगततिर फर्काउन सक्छ, जतिबेला तपाई किबोर्डमा औंला चलाउन अभ्यास गर्दै  हुनुहुन्थ्यो । २००१ मा सार्वजनिक भएको माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोज एक्सपीमा यो फोटो देखिन्थ्यो । माइक्रोसफ्टले यसलाई ‘डिफल्ट डेक्सटप इमेज’ को रुपमा राखेको थियो ।

उक्त फोटो कैयौंले देखेपनि त्यसबारे खासै चासो राखिएको थिएन । अहिले भने त्यस फोटोबारे चोचक कुरा बाहिर आएको छ ।

–    अपरेटिङ सिस्टम विन्डोज एक्सपीमा राखिएको यो फोटो निकै लोकपि्रय भयो । तर, यो फोटो कहाँ खिचिएको हो ? कसैले भेउ पाएका थिएनन् ।

–    सुरुवातमा यसलाई फ्रान्स, इंग्ल्यान्ड, स्विजरल्यान्ड, न्यूजील्यान्डको नर्थ ओटागो, साउथ वेस्र्टन वाशिंगटन र जर्मनीको बताइएको थियो ।

–    यतिसम्म कि, जर्मनीको ‘डच ल्याङ्वेज एडिशन’ को इनसाइक्लोपेडियाले त यसलाई आयरल्यान्डको हो भनी बताएको थियो ।

के थियो वास्तविकता ?

– यो फोटो खिच्ने व्यक्ति थिए, चाल्र्स ओ रियर । उनी अमेरिकाका चर्चित फोटोग्राफर हुन् ।

–    खासमा जनवरी १९९६ मा चाल्र्स कुनै काम विशेषले क्यालिफोर्निया जादै थिए । यहि क्रममा बाटोमा उनले ‘सोनोमा कन्ट्री’ नजिक यस्तो दृश्य देखे ।

–    चाल्र्ससँग त्यसबेला हाई रिजुल्युशनको क्यामेरा थिएन । तर, उनले सामन्य क्यामेरा सधै साथमा राख्थे । त्यही क्यामेराले उनले उक्त सुन्दर स्थानको दृश्य क्लिक गरे । चाल्र्सले त्यसको चारवटा फोटो खिचेका थिए ।

एकै नजरमा माइक्रोसफ्टले मन पराएको

–    हुन त चाल्र्सको लागि यो फोटो खासै गतिलो थिएन । केहि दिन पछि उनले यो फोटो बिल गेट्सको इमेज लाइसेन्सिङ सर्भिस ‘कोर्बिस’मा अपलोड गरेका थिए ।

–    कम्पनीको एक कर्मचारीको नजर उक्त फोटोमा पर्‍यो, उनलाई यति मन पर्‍यो कि बिल गेट्सलाई पठाइदिए ।

–    कम्पनीका केहि अधिकारीले यस फोटोबार छलफल गरे । उनीहरु सबैले फोटो रुचाए ।

–    त्यसपछि उक्त फोटो खरिद गर्नका लागि चाल्र्ससँग सम्पर्क गरियो । यति ठूलो कम्पनीबाट फोन आएपछि चाल्र्स यति खुसी भए कि उनी क्यामेरा लिएर सोझै कम्पनीमा पुगे ।

–    चाल्र्सले उक्त फोटो बापत पर्याप्त पैसा पाए । तर, उनले उक्त रकम कति थियो भन्ने कुरा अहिलेसम्म खुलाएका छैनन् ।

जब विन्डोज एक्सपिमा फोटो आयो

–    अपरेटिङ सिस्टम विन्डोज एक्सपिमा यो फोटो आएपछि निकै चर्चित भयो ।

–    चाल्र्सले एक च्यानललाई २००२ मा एक अन्र्तवार्ता दिएका थिए, जतिबेला उनले उक्त फोटो कहाँ खिचिएको हो भन्ने खुलाएका थिए ।

–    त्यसपछि मान्छेहरु उक्त फोटो खिचिएको स्थानमा पुगेर फोटो खिच्ने कोसिस गरे, तर दोस्रो पटक त्यस्तो दृश्य देखिदै देखिएन ।

–    पीसीवल्र्डका सिनियर सम्पादक मार्क हैचमेनले पनि उक्त स्थानमा गएर सोहि फ्रेममा फोटो खिच्ने प्रयास गरेको तर दृश्य सोचेजस्तो कैद नभएको उनले बताएका छन् । चाल्र्स भाग्यमानी हुन्, जतिबेला उक्त स्थानमा उनको आँखा पर्‍यो, त्यसबेला हरियो पृष्टभूमीमा निलो आकाश र सेता बादलका टुक्राहरुको बेजोड संगम मिलेको थियो ।

२०७३ चैत २७ गते प्रकाशित