सहकारी दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा गुहेलीका शिशिर प्रथम

बागलुङ, १९ चैत
६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा डिभिजन सहकारी कार्यालय बागलुङ आयोजना गरेको दिगो विकास लक्ष्य प्रातिका लागि सहकारी भन्ने विष्यमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ ।
उक्त प्रतियोगिताका गुहेली सञ्चार सहकारी संस्थाका नवीन शिशिर विक प्रथम, आर्दश सञ्चार सहकारी संस्थाबाट रेणु के.सी द्धितिय, सिवाइसी बचत तथा ऋण सहकारीका नवराज शर्मा तृतिय र आस्था बचत तथा ऋण सहकारीका अमरबहादुर थापा सान्त्वना हुनु भएको छ ।
प्रतियोगितामा नौं ओटा सहकारी सहभागि भएका थिए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले सहकारी संस्थाका कर्मचारीहरु अन्य क्षेत्रमा पनि आफ्नो वयक्तित्व विकास गर्नु पर्ने भन्दै यस्तो कार्यक्रमले कर्मचारीहरुलाई हौसला प्रदान गर्ने बताउनु बताउनुभयो ।
कार्यक्रम डिभिजन कार्यलयका अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षता तथा डिलबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।