मानव आश्रमलाई उपभोग्य समाग्री हस्तारन्तरण

बागलुङ, १८ चैत
बागलुङमा संचालन हुन लागको मानव आश्रममा आज एक कार्यक्रम विच उपभोग्य सामाग्री हस्तान्तरण गरिएको छ ।

बागलुङमा क्रियाशिल जिल्ला सहकारी र विषयगत संस्थाले ६० औँ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा सामग्री हस्तान्तरण गरिएको हो ।

डिभिजन सहकारी बागलुङको संयोजकत्वमा मानव आश्रमका लागि बहुउदेश्य सहकारीले १८ थान बस्ने चकैटी, दुग्ध सहकारीले २ बोरा चामल, संञ्चार सहकारीले तेल र बचत तथा ऋण सहकारीको तर्फबाट ३ कोठाको लागि कार्पेट हस्तान्तरण गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।

सामग्री हस्तान्तरण पछि बोल्दै डिभिजन सहकारी बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले मानव सेवाका लागि खोलिएको संस्थाले सडकमा रहेका वालवालीका, युवा, बृद्धाबृद्धा, अशक्त र मानसीक सन्तुलन गुमेका व्यक्तिहरुलाई आश्रमद्धारा दिन लागिएको सेवा प्रशंसनीय रहेको बताउनुभयो ।

सोही अवसरमा नेफसकनका संचालनक तथा जिल्ला बचत संघ बागलुङका अध्यक्ष चन्डीप्रसाद शर्मा, मानव आश्रमका संयोजक मनिष रायमाझी लगायतले बोल्नुभएको थियो ।

सड्कमा वस्ने, मागेर खाने, मानसिक सन्तुलन गुमाएका गरिब तथा अशक्त, बेसाहरा व्यक्तिहरुको संरक्षणका लागि आश्रम सञ्चालन गरिएको र अवको ४ वर्षभित्र धौलागिरी क्षेत्रका सड्कमा बस्ने व्यक्तिहरुलाई आश्रममा स्थान्तरण गर्ने रहेको मानव आश्रम बागलुङले जानकारी दिएको छ ।
कार्यक्रम जिल्ला सहकरी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, जिल्ल सहकारी संघ बागलुङकी संचालक अञ्जु जिसीको स्वागत र सीता शर्माको संचालनमा सम्पन्न भएको थियो ।