बागलुङ, १७ चैत
काठेखोला गाउपालिका वडा न ४ तंग्राम साबिक तंग्राम ३ मा तंग्रामी मगरहरुको महान ऐतिहासिक चैते चाडको अवसरमा यस वर्ष पनि चैते चाड मेला २०७३ को हुने भएको छ ।
यस वर्ष यहि चैत २३ गतेदेखि २७ गतेसम्म संचालन हुने मेलाको आयोजना एकता सामाजिक युवा संजालले गर्ने भएको छ । विविध मनोरञ्जनात्मक, चेतनामुलक, ज्ञानबद्धक, सांङ्गितीक तथा सांस्कृतिक सहितको कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
४ दिनसम्म संचालन हुने मेलामा खुल्ला खडा स्तरिय भलिवल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, एकल गायन प्रतियोगिता, पुरुष र महिला तानडोरि प्रतियोगिता, छेला प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता र अन्डोनिशानी प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त मेलामा स्थानिय झाकी, सोरथी नाच र रत्यौली प्रस्तुत गरिने साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष सांगेतिक प्रस्तुति रहने अध्यक्ष थापाले बताउनुभयो । मेला सञ्चालनार्थको लागि ३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।








