हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु

बागलुङ, ५ चैत
हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान बागलुङमा आजदेखी शुरु भएको छ ।
शनिबार, आइतबार र सोमबार धौलागिरीका साथै बाग्लुङ, म्याग्दी, पर्वत सहित २२ जिल्लामा औषधी खुवाइनेछ ।
हात्तिपाइले रोग निवारण अभियान अन्र्तगत बागलुङमा २ लाख ४० हजारलाई औषधि खुवाउने लक्ष्य छ । जसका लागि कार्यालयले बागलुङका ६ गाउँपालिका र ४ नगरपालिकामा ९ सय भन्दा बढी स्वास्थ्यकर्मी र महिला स्वयम्सेविका खटाइएको छ ।
दुई चरणमा खुवाइने हात्तीपाइले रोग विरुद्धको औषधी ढुक्क भएर खान जिल्ला जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ । हात्तीपाइले रोग विरुद्धको औषधी खान धेरै जनाले आनाकानी गर्ने गरेको पाइएपछि यस्तो आग्रह गरिएको हो ।
तर यो औषधी दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिन सम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने कार्यालयले जनाएको छ । अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान सक्छन् ।
स्वास्थ्यकर्मी वा घर घरमा औषधी खुवाउन पुगेका स्वास्थ्यकर्मीसँग आफ्नो स्वास्थ्यका बारेमा जानकारी गराएर औषधी खान हुने नहुने बारे जानकारी लिन पनि मन्त्रालयले आग्रह गरेको छ । हात्तीपाइले रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले टोक्दा लाग्ने गर्दछ । हात्तीपाइले शारीरिक अशक्त र अपांग बनाउने सरुवा रोग हो ।