नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

बागलुङ,चैत्र–०५
नेकपा माओवादी केन्द्र बागलुङको नगरपालिका वडा नंम्वर १ मा वडा सम्मेलन शनिवार सम्पन्न भएको छ ।
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन समिति सदस्य यज्ञबल्लव शर्माले माओवादी केन्द्रले राजनितिक मुद्धाका हिसावले सफल हुदै गई रहेको र समानुपातिक समाबेशी र केन्द्रिकृत राज्य सत्तालाई बिकेन्द्रीत गर्दै जनताको घरदैलोमा सरकार र सत्ता ल्याउने अभियान सफल भएको दावि गर्नुभयो ।
कार्यक्रममा नेकपा माओदी केन्द्रको केन्द्रिय महाधिवेशन समिति सदस्य निर्मल श्रेष्ठ, टिकाकुमारी विश्वकर्मा, इन्द्र पाठक, सदस्य मनबहादुर परियार, रेशम खत्री लगाएतले बोल्नु भएको थियो ।
सम्मेलनले प्रमानन्द पौडेल अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।कमिटिको उपाध्यक्ष प्रेम विक, रुद्र पौडेल सचिव, कल्पना चाखाल कोषाध्यक्ष,कल्पना चोखाल रहनुभएको माओवादी केन्द्रले जनाएको छ ।
कार्यक्रम प्रमानन्द पौडेलको अध्यक्षता, कल्पना असफलको स्वागत र रुद्र पौडेलेको संचालनमा सम्पन्न भएको थियो ।