
बागलुङ,चैत्र–०५
मानव अधिकारका लागि एकल महिला समुह बागलुङको आयोजनामा क्षमता अभिवृद्धि सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति बागलुङका शाखा अधिकृत प्रेम प्रसाद सापकोटाले एकल महिला लाई राज्यले सम्मान गर्दै आएको र अझै राज्यका हरेक तहमा एकल महिलाको सहभागितामा वृद्धि हुनुपर्नेमा जोडदिनुभयो ।
सांसद रत्ना शेरचनद्धारा क्षेत्र विकास कोष अन्र्तगतको आर्थिक सहयोगमा बागलुङ नगरपालिका वडा नम्वर १२, १३ र १४ का ३१ जना एकल महिला लाई सम्मान गरिएको नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय तहको निर्वाचन र महिला सहभागितामा जिल्ला समन्वय समितिका नासु टेक बहादुर केसि आर्सी,नेतृत्व विकासमा महिला संघका अध्यक्ष शकुन्तला शर्मा, र कानुनी सचेताना सम्वन्धी अधिवत्ता लक्ष्मी वास्कोटाले प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा नेपालीका महासमिति सदस्य कल्पना हमाल पाठक, एकल महिला जिल्ला उपाध्यक्ष टिका भण्डारि कोषाध्क्ष सीता सुवेदी, महिला विकास सहकारी नारायणस्थानका अध्य धना देवी शर्मा, नेपाल मलिा ननर शञ्जु् केसि, सहभागिको तर्फबाट शारदा रिजाल कृष्ण कुमारी श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम एकल महिला समुह बागलुङ अध्यक्ष खडक कुमारी क्षेत्रीको अध्यक्षता, एकल वलेवा अध्यक्ष कोपिला देवि शर्माको स्वागत र एकल महिला बागलुङ सचिव लक्ष्मी शर्मा चापागाईको संचलानमा सम्पन्न भएको थियो ।
सोही अवसरमा कोपिला देवी शर्माको अध्यक्षतामा ११ सदस्यीय बलेवा एकल महिला गठन गरिएको नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले जानकारी दिनुभयो ।










